कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने | Khabarhub Khabarhub

कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजन्य फोहोर सफा गर्ने भएको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग वर्षाजन्य फोहोर सफा गर्न लागेको हो । 

केन्द्रीय सदस्यसमेत रहेका विभाग प्रमुख कल्याणकुमार गुरुङले आगामी शनिबार गुहेश्वरी मन्दिर नजिक पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजज्य फोहोर सफा गरिने जानकारी दिए । 

उनले केही दिन अघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढीपहिरोले बगाएर ल्याएको फोहोर तत्काल सफा गर्न आवश्यक रहेका कारण पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम राखिएको बताए । 

विभागले सार्वजनिक सूचना जारी गरेर आगामी शनिबार बिहान साढे ६ बजे सरसफाइ कार्यक्रममा सहभागी भइदिन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : ०४ बजे

प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)

काठमाडौं– भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स