महिला टी-२० विश्वकपमा बङ्गलादेशको विजयी सुरुवात « Khabarhub

महिला टी-२० विश्वकपमा बङ्गलादेशको विजयी सुरुवात


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं आजदेखि युएईमा शुरु भएको आईसीसी महिला टी-२० विश्वकपको उद्‌घाटन खेलमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा बङ्गलादेशले स्कटल्याण्डलाई १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बङ्गलादेशले दिएको १२० रनको लक्ष्य पछाएको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सकेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।

जितपछि बङ्गलादेशले विश्वकपमा सकारात्मक सुरुवात गरेको छ । आईसीसी विश्वकपमा १० वर्षपछि बङ्गलादेशको महिला टिमले कुनै जित हासिल गरेको छ । बङ्गलादेशले २०१४ पछि विश्वकपमा जित हासिल गरेको हो ।

अब बङ्गलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ७ : ३१ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज