आज २०८१ साल कात्तिक १८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक १८ गते आइतबारको राशिफल


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक १८ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर ३ तारिख। कात्तिक शुक्ल पक्षको द्वितीया तिथि। तिहारको प्रमुख दिन अर्थात् भाइटीका पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : समय सामान्य छ। धन खर्च हुनेछ। रोगसँग लड्ने क्षमता घटेर स्वास्थ्यमा समस्या हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : समाजमा राम्रो काम गर्छु भन्दाभन्दै अप्ठेरो परिस्थिति बन्नसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। व्यापारमा घाटा हुने जोखिम छ। साथीभाइले असहयोग गर्नेछन्। संकटमा परिवारले भने साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

कर्कट : मनमा चिन्ता बढ्नेछ। सानो कुराले झन्झट बढे पनि शुभ ग्रहको बहुमत भए शिक्षामा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

सिंह : हरेक क्षेत्रमा सोचेको जस्तो काम नहुने जोखिम छ। गम्भीर भएर अगाडि बढ्नुपर्नेछ। तपाईंको इज्जतमा दाग लाग्ने खतरा छ। दिदीबहिनीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ।

कन्या : दिन रमाइलो छ। समाजमा तपाईंको बोलीको प्रभाव राम्रो रहेको छ। परोपरकारमा सहभागी हुनु राम्रो हुनेछ। चेलीले दिएको उपहारले खुशी दिनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। परिवारले तपाईंको प्रशंसा गर्नेछन्।

तुला : धनलक्ष्मी योग परेको छ। लामो समयदेखि रोकिएको सम्पत्ति प्राप्त हुनेछ। साथीसँगको तर्कले अप्ठेरो परिस्थिति बन्नसक्छ। तर्क नगर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग पाइनेछ।

वृश्चिक : आफ्नै राशिमा शुभग्रहको बहुमत रहेकाले ठुला काममा आँट गर्ने दिन छ। मनमा सानो कुराले चिन्ता हुनेछ। छाति खुला बनाउनुपर्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने दिन छ।

धनु : धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। संयुक्त लगानीबाट फाइदा हुने योग छ।

मकर : खर्च बढ्नेछ। आफन्तले असहयोग गर्ने भएकाले आफन्तसँग सचेत बन्नुपर्ने दिन छ। विपक्षी समूह सक्रिय भएकाले व्यवहार गर्दा ध्यान दिनुपर्नेछ। परिवारमा भने शान्ति मिल्ने दिन छ।

कुम्भ : भाग्यको स्थानमा शुभग्रहको बल छ। मध्य साढेसातीको दशाले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारले घर व्यवहारमा सकारात्मक साथ दिनेछन्।

मीन : साना कुराले मनमा झन्झट हुनसक्छ। बिहान उठेर गणेशको पूजा गर्नाले दिन सहज बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारले तपाईंको बचाउ गर्नेछ। प्रेम सम्बध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : १३ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका