विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित, सोमपालको अलराउण्ड प्रदर्शन « Khabarhub

विश्वकप लिग-२ : अमेरिकासँग नेपाल पराजित, सोमपालको अलराउण्ड प्रदर्शन


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – नेपाल आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत अमेरिकासँग स्तब्ध भएको छ। शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३७ रनले हराएको हो।

२८२ रनको लक्ष्य पाएको नेपालले १ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४४ रन बनायो। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए। सो समयमा नेपालको स्कोर १६२ रन थियो।

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। ४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए। यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालका अनिल शाहले ८० बलमा ५२ रनको योगदान गरे। ३८ बलमा ३१ रन जोडेको ऐरी अन्तिम विकेटको रूपमा नेत्रभालकरबाट आउट भए। सोमपाल भन्दा अघि धिमा गतिमा खेलिरहेका नेपालका कुशल मल्लले ५४ बलमा ३३ र कुशल भुर्तेलले ५१ बलमा २९ रन जोडे। आरिफ सेखले १३ बलमा २१ रन जोडेका थिए।

अमेरिकाका सौरभ नेत्रभालकरले ९.५ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए। नोत्सु केनित्जे र भान साचलविकले समान २ विकेट लिए। हरमित ८ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गरेको थियो। अमेरिकाका लागि मोनान्क पटेलले ६७ तथा साइकेजा मतामेलाले ७५ रन जोडेका थिए। तर यी दुवै भन्दा हरमित सिंहले छिटो गतिमा रन बटुलेका थिए। उनले ४४ बलमा ५९ रन जोडे। उनको पारीमा ३ चौका र ३ छक्का समावेश थियो।

नेपालका गुलसन झाले ३ विकेट लिए। तर उनी महंगा सावित भए। १० ओभरमा ८७ रन खर्चिए। करण केसीले आफ्नो दोस्रो ओभर पुरा गर्न पनि नभ्याउँदै समस्या आएपछि उनले १० बल मात्र फ्याँके। उनले यस क्रममा २ रन मात्र खर्चेका थिए। सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए।

जितसहित अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ। १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ। स्कटल्यान्ड १० खेलमा १३ अङ्क सहित तेस्रो, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्क सहित चौथो र नामिबिया १२ खेलमा १० अङ्क सहित पाँचौँ स्थानमा छन्। ओमान ९ खेलमा ८ अङ्क सहित छैटौँ, नेपाल ११ खेलमा ५ अङ्कसहित सातौँ तथा संयुक्त अरब इमिरेट्स ८ खेलमा २ अङ्कसहित पुछारमा छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ३३ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी