बाढीका कारण स्पेनिस ला लिगा प्रभावित « Khabarhub

बाढीका कारण स्पेनिस ला लिगा प्रभावित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनको भ्यालेन्सियामा आएको बाढीका कारण शनिबार निर्धारित भ्यालेन्सिया र रियल म्याड्रिडको स्पेनिस ला लिगाको खेल रोकिएको छ।

शनिबार नै निर्धारित भिल्लारियल र रायो भल्कानोको खेलसमेत स्थगित भएको छ। यसै साताका अन्य तीन खेल पनि नहुने जनाइएको छ।

बाढीकै कारण प्रभावित खेलमा भ्यालेन्सिया क्षेत्रमा कुनै पनि खेल नगर्न स्पेनिस फुटबल संघले नै सूचना जारी गरेको छ।

शनिबार ला लिगमा २ खेल सम्पन्न भए। गिरोनाले लेगानासलाई ४–३ ले तथा ओसासुनाले भालाडोलिडलाई १–० ले हराए। ओसासुनालाई जित दिलाउने क्रममा १९ औँ मिनेटमा बुडिमिरले निर्णायक गोल गरे।

ओसासुना १२ खेलमा २१ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ। बार्सिलोना ११ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा छ। ११ खेलमा रियल म्याड्रिडको २४ तथा ११ खेलमै भिल्लारियलको २१ अङ्क छ। भिल्लारियल तालिकाको तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ०३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको