रानीपोखरीको बालगोपालेश्वर भाइटीका लगाउन दिनभर खुला रहने « Khabarhub

रानीपोखरीको बालगोपालेश्वर भाइटीका लगाउन दिनभर खुला रहने


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने भएको छ ।

बालगोपालेश्वर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको भक्तजनका लागि वर्षमा एकपटक खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन्।

भाइटीकाकै लागि मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको छ ।

भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : १९ बजे

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ

सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश