इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायततिर | Khabarhub Khabarhub

इन्टरपोलको महासभामा भाग लिन आईजीपी कुँवर बेलायततिर


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन बेलायत प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आइतबार  बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल पनि गएका छन् ।

त्यसैगरि नेपालस्थित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि कुवँरसँगै बेलायत प्रस्थान गरेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ४० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई