हङकङ सुपर सिक्सेस : यूएईसँग नेपाल ५ विकेटले पराजित | Khabarhub Khabarhub

हङकङ सुपर सिक्सेस : यूएईसँग नेपाल ५ विकेटले पराजित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ सुपर सिक्समा नेपाल यूएईसँग पराजित भएको छ। आइतबार बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको ९५ रनको लक्ष्य यूएईले ४ बल बाँकी छँदै १ विकेटमात्रै गुमाएर पूरा गरेको हो। यूएईका लागि कप्तान आशिफ खानले ५५ रन बनाए। उनले १५ बलमा ३ चौका र ७ छक्का हाने।

अंश टण्डनले ९ बलमा १ चौका र २ छक्का प्रहार गरी २३ रन बनाउँदा खालिद साहले १५ रन बनाए। नेपालका रसिद खानले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएर ९४ रन बनाएको थियो। विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ४९ रन बनाए। लोकेश बमले १९ र प्रतिश जिसीले १४ रन बनाए ।

कप्तान सन्दीप जोरा ७ रन र रसिद खान शून्यमा आउट भए। बलिङतर्फ यूएईका अकिफ राजाले २ र सन्चित शर्माले १ विकेट लिए।

नेपालले यसअघि समूह चरणको खेलमा इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको थियो। क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १२ : ४७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले