अनुमति मिलेलगत्तै थाइ एयर एसियाले थाल्यो बैंकक-भैरहवा उडान « Khabarhub

अनुमति मिलेलगत्तै थाइ एयर एसियाले थाल्यो बैंकक-भैरहवा उडान


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइ एअर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवामा सिधा उडान थालेको छ । थाइले बैंकक–भैरहवा–बैंकक उडान आइतबारबाट सुरु गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान भर्नेछ।

अब ८ नोभम्बर (मंसिर २३) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए।

राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७:४० बजे बैंकक प्रस्थान गरिसकेको छ। विमानमा चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए।

यो तालिकाकै उडान हो। थाइ एअर एसियाले केही दिनअघि भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । हतारमा उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रवर्द्धन गर्न नपाएको राउतले बताए।

भैरहवाबाट बैंङ्ककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।

यससँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए।

विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग गरिरहेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल