अरिङ्गालले चिल्दा दिदीभाइले ज्यान गुमाए, अरू तीनजना गम्भीर बिरामी | Khabarhub Khabarhub

अरिङ्गालले चिल्दा दिदीभाइले ज्यान गुमाए, अरू तीनजना गम्भीर बिरामी


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

बझाङ– अरिङ्गालको चिल्दा बझाङमा दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।

जिल्लाको थलारा गाउँपालिका–२ डोरगाउका ३ वर्षीय सुरवीर खाती र ५ वर्षीया सिया खाती को मृत्यु भएको हो। उनीहरू नाताले दिदीभाइ हुन्।

शनिबार दिउँसो घरनजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरूलाई टोकेको हो। उनीहरूको उपचारक क्रममा मृत्यु भएको प्रवक्ता खातीले बताए।

अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रवीन्द्र खातीले बताए।

घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : १८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’