अरिङ्गालले चिल्दा दिदीभाइले ज्यान गुमाए, अरू तीनजना गम्भीर बिरामी « Khabarhub

अरिङ्गालले चिल्दा दिदीभाइले ज्यान गुमाए, अरू तीनजना गम्भीर बिरामी


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

बझाङ– अरिङ्गालको चिल्दा बझाङमा दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।

जिल्लाको थलारा गाउँपालिका–२ डोरगाउका ३ वर्षीय सुरवीर खाती र ५ वर्षीया सिया खाती को मृत्यु भएको हो। उनीहरू नाताले दिदीभाइ हुन्।

शनिबार दिउँसो घरनजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरूलाई टोकेको हो। उनीहरूको उपचारक क्रममा मृत्यु भएको प्रवक्ता खातीले बताए।

अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रवीन्द्र खातीले बताए।

घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : १८ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको