मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाले ज्यान गुमाए « Khabarhub

मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाले ज्यान गुमाए


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–१०, अँधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु हानेर एक जनाको महत्या गरिएको छ। चक्कु हानेपछि मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

प्रहरीले चक्कु प्रहार गरेको आरोपमा भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले बताए।

प्रहरीका अनुसार, व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु हानेका थिए।

प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङलाई चक्कु हानिएको प्रारम्भिक खुलेको छ।’

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति भइरहेको छ। उनीहरु त्यही सडकमार्ग निर्माणमा संलग्न मजदुर थिए।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : २९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले