मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाले ज्यान गुमाए « Khabarhub

मजदुरबीचको विवादमा चक्कु हान्दा एकजनाले ज्यान गुमाए


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–१०, अँधेरीभञ्ज्याङमा शनिबार साँझ चक्कु हानेर एक जनाको महत्या गरिएको छ। चक्कु हानेपछि मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेका जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

प्रहरीले चक्कु प्रहार गरेको आरोपमा भक्तपुरका विशाल थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास पासवानले बताए।

प्रहरीका अनुसार, व्यास नगरपालिका–१० देखि ७ जोड्ने पराशर मार्गमा काम गर्ने दुई मजदुरबीच सामान्य विवाद हुँदा थापाले चक्कु हानेका थिए।

प्रहरी निरीक्षक पासवानले भने, ‘सामान्य विवाद हुँदा गालीगलौज भएपछि खाना बनाउने क्रममा तामाङलाई चक्कु हानिएको प्रारम्भिक खुलेको छ।’

विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नति भइरहेको छ। उनीहरु त्यही सडकमार्ग निर्माणमा संलग्न मजदुर थिए।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : २९ बजे

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले