पाकिस्तानलाई हराउँदै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि | Khabarhub Khabarhub

पाकिस्तानलाई हराउँदै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाले हङकङ सिक्सेसको उपाधि उचालेको छ।

हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

श्रीलंकाले यो उपाधि जितेको दोस्रो पटक हो । यसअघि श्रीलंकाले सन् २००७ मा यो उपाधि जितेको थियो ।

यस वर्ष नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो ।

नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँगै पराजित भएको थियो । त्यसअघि समूह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो ।

त्यस्तै क्वार्टरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने यूएईसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ५५ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई