गौतमबुद्ध विमानस्थलमा थाइसँगै अरु दुई कम्पनीले पनि अन्तर्राष्ट्रिय उडान गर्ने « Khabarhub

गौतमबुद्ध विमानस्थलमा थाइसँगै अरु दुई कम्पनीले पनि अन्तर्राष्ट्रिय उडान गर्ने


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भैरहवा- थाइल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परीक्षण उडान गरेको छ ।

लामो समयदेखि प्रतिक्षरत भैरहवास्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित छन् ।

कात्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनीले जनाएको छ । आइतबार बिहान ७ बजे चालक दलका सात सदस्यसहित थाइको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

हप्तामा २ उडान गर्ने तालिका तय भएपछि परीक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा वाटर स्यालुटसहित स्वागत गरिएको थियो ।

केहीबेरको बसाईपछि विमान बिहान ७:४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

‘यो तालिका अनुसारकै फ्लाइट हो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने छ । त्यसपछि हप्ताको दुई उडान गर्ने छ’, उनले भने, ‘कात्तिक २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गतेदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ यहाँ अवतरण गरेर एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’

थाइ एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

भैरहवा विमानस्थलबाट उडान गर्न केही दिनअघि मात्रै थाइले‍ अनुमति पाएको थियो । थाइ एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडौंमा पुनः उडान सुरु गर्न अनुमति पाएको छ । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार छ ।

अरु पनि आउँदै

यहाँबाट संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् ।

फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेका छन् ।

सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ : ४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने छ। उक्त जहाज यहाँबाट २ : ४५ बजे काठमाडौं हुँदै दुबई जानेछ ।

यसअघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीबार र शनिवार बिहान ७ : ३० बजे भैरहवामा अवतरण गर्नेछ । त्यसपछि ८ : ३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : १७ बजे

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपद्को सारथी

काठमाडौं– स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाहरूले नेकपा एमालेका नेता महेश बस्नेतप्रति

रोल्पालीको शिर उचो बनाउने काम गरेको छु : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफूले

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ

मैवाखोलाद्वारा किबीका बिरुवा वितरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले उन्नत जातका किबीका बिरुवा वितरण गरेको छ

कञ्चनपुरको मणिकाधाममा विद्युत् सेवा विस्तार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा