सर्लाहीमा घरको पर्खाल भत्किएर मजदुरको मृत्यु « Khabarhub

सर्लाहीमा घरको पर्खाल भत्किएर मजदुरको मृत्यु


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका–७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा आज बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काले जानकारी दिए ।

घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर बरवरिया गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ३० बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा