नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश « Khabarhub

नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पराजित गरेसँगै उसले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताअन्तर्गत पाँच खेल खेलेको सुदूरपश्चिमले चार खेलमा विजयी हुँदै आठ अङ्क जोडेको छ । सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ । सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोशी प्रदेशसँग खेल्ने छ ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय २९ रन बनायो ।

बागमतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए । यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिम यूवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए । यस्तै नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दिपक रोकायाले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ बागमतीका दिपक सेरलाले दुई विकेट लिए ।

आजै बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव एक बलमा सबै विकेट गुमाएर एक सय एक रनको योगफल बनायो ।

एक सय दुई रनको लक्ष्य गण्डकीले २६ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । गण्डकीले सवै ६ खेल खेल्दा तीनमा जित हात पार्दै प्रतियोतिाबाट बाहिरिएको छ । कर्णाली पनि हालसम्म खेलेका पाँचवटै खेलमा पराजित भई प्रतियोतिाबाट बाहिरिएको छ ।

सोमबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेश प्रदेशबीच तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : ५५ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा