यु-१९ एसिया कप : तेस्रो खेलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

यु-१९ एसिया कप : तेस्रो खेलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार मंगलबार बिहान १०:४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा जित्ने लक्ष्यका साथ नेपाल आज मैदानमा हुनेछ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। दुई खेल खेलिसकेको अंकबिहीन नेपाल तालिकाको पुछारमा छ। यो समूहको अफगानिस्तानसमेत दुई खेलमा जितबिहीन हुँदा अंकबिहीन अवस्थामा छ। आज दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्  । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। अर्जुन कुमाल उपकप्तान रहेको टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

यु-१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

पहिलो खेलमा श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रन बनाउँदै अलआउट भएको थियो। दोस्रो खेलमा भने नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले १२८ बल बाँकी हुँदा पाँच विकेट गुमाएर भेट्टाएको थियो।

यु-१९ एसिया कपको सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ३४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि