दोलालघाटस्थित सुनकोशी र इन्द्रावतीमा मोटरबोट परीक्षण « Khabarhub

दोलालघाटस्थित सुनकोशी र इन्द्रावतीमा मोटरबोट परीक्षण


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो ।

मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधाअड्चन आउनसक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ ।

परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोट सफल रूपमा सञ्चालन भएको जनाइएको छ । पहिलोपटक गत हप्ता गरिएका परीक्षणबाट अवरोध नदेखिएको भुजेलले बताए । उनका अनुसार सरकारको केन्द्रीय कार्यक्रमअनुसार दोलालघाटबाट सुनसरीको चतरासम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।

सफल परीक्षणपछि पहिलो चरणमा दोलालघाटबाट खहरेघाटसम्म एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रूपमा एक किलोमिटरको दूरीमा आवश्यकतानुसार थप मोटरबोट व्यवस्थापन गरी सञ्चालन गरिने जनाइएको हो । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकमार्फत भुम्लुको पर्यटन प्रवर्द्धन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दोलालघाटबाट चतरासम्म सञ्चालन हुने भएपछि गाउँपालिकाले एक मोटरबोट खरिद गर्नेसम्मको योजना बनाएको भुजेलले जानकारी दिए । पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ दोलालघाटबाट सिन्धुलीको नेपालथोकसम्म सुनकोशीमा करिब पाँच किलोमिटरको दूरीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : १६ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि