एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात, विराटनगरको दोस्रो हार « Khabarhub

एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात, विराटनगरको दोस्रो हार


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन जोडे । यस्तै, राजेश पुलामीले १५ तथा अनिल खरेलले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेन र अविनास बोहोराले तीन–तीन तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५७ रन जोडे । यस्तै, ब्रेन्डन मक्मेलनले ३६, विनोद भन्डारीले २३, इशान पान्डेले २१ रन बनाए ।

विराटनगरका लागि अनिल खरेलले तीन तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले एक–एक विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ । आफ्ना दुबै खेलमा पराजित विराटनगर अंकविहीन छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ३९ बजे

उनेपाको अध्यक्ष भए कुलमान

काठमाडौं- पूर्वऊर्जामन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष

अन्तर्राष्ट्रिय चलखेल रोक्न तोकिएकै मितिमा चुनाव हुनुपर्छ : पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले संस्थागत विकास र

भाषण, जादू र चमत्कारले देश बन्दैन, देश नै नरहने चिन्ता छ : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने

ब्रिटिश कोलम्बियामा ‘नेपाली हेरिटेज डे’ घोषणा

काठमाडौं- क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तले सन् २०२६ मे २९ लाई