अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै « Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन, डिसी – अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जाने कार्यक्रम रहेको छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलंका, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानेछन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।

नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन् ।

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ४१ बजे

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार