दुधमती नदीको अतिक्रमित भूभाग तत्काल उत्खनन् गरिने | Khabarhub Khabarhub

दुधमती नदीको अतिक्रमित भूभाग तत्काल उत्खनन् गरिने


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – ऐतिहासिक तथा धार्मिक महत्त्वको दुधमती नदीको अतिक्रमित प्राकृतिक बहाव क्षेत्रको सीमांकन, नक्सांकन तथा उत्खनन् कार्य सुरु गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा रहेको दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिको बैठकले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको संयोजकत्वमा दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमिति गठन गर्दै सो सम्बन्धी कार्य तत्काल र तीव्रताका साथ सुरु गर्ने निर्णय गरेको हो ।

धार्मिक तथा पौराणिक आस्था र विश्वाससँग जोडिएको मात्र नभएर सिँचाइ तथा खानेपानी समेतको महत्त्वपूर्ण स्रोत दुधमती नदी संरक्षण हुनैपर्ने भएकाले प्रदेश सरकार उत्खनन्सहितको कार्य अगाडि बढाएको उच्चस्तरीय समितिका अध्यक्ष एवम् मुख्यमन्त्री सिंहले बताए ।

उनले भने, ‘पवित्र स्नान तथा नदीको पूजन परम्परामार्फत स्थानीय पर्यटन प्रवद्र्धन र प्रदेशका बहुसँख्यक खोला खहरे भएका बेला नदीको प्राकृतिक बहाव क्षेत्र पुर्नस्थापना जरुरी हुँदा सरकारले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’

मुख्यमन्त्री सिँहको अध्यक्षतामा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री यादव, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका प्रदेश सचिव जक्की अहमद अन्सारी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशकलगायत सम्मिलित दुग्धमती नदी संरक्षण उच्चस्तरीय समितिले पिलरसहित सीमाङ्कन, नक्साङ्कन तथा पहिचान भएको सीमाभित्र नदीको प्राकृतिक बहाव क्षेत्रलाई अतिक्रमणमुक्त गराउन उत्खनन् गर्ने निर्णय गरेको समितिका सदस्यसचिवसमेत रहेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।

उनले धार्मिक रूपमा पुण्यप्राप्तिको लोकविश्वाससँग जोडिएको दुधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान तथा यकिन गरी उत्खनन् गर्न उच्चस्तरीय समितिले आवश्यक उपकरण, जनशक्ति तथा अन्य सहयोग गर्न समुदायका सबैलाई आह्वान गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको नदीको मुहानदेखि दक्षिणी बहाव क्षेत्रको पूर्णतः अतिक्रमित नदीको भूभाग उत्खनन्का लागि समुदाय तथा अन्य तहका सरकारको सहयोग अपेक्षासँगै थप जरुरी कायका लागि समितिले आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले नदी खन्न तथा नदी संरक्षणसँगै संरक्षणात्मक कार्य ९च्यानालाइजेसन तथा रिभर ट्रेनिङ्ग विद प्रोटेक्सन वर्कका लागि दुग्धमती नदीको विकास तथा उत्खनन् प्रतिवेदन बनाउन लगाई सोही प्रतिवेदनका आधारमा गुरुयोजना (मास्टर प्लान) स्वीकृतिपछि बहुवर्षीय योजनामा समावेश गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन दुग्मधमती नदी संरक्षणात्मक कार्य कार्यान्वयन उपसमितिमार्फत ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ५० बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता