यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी « Khabarhub

यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी

भैँसीको मासु चीन पठाउने बाटो खुल्यो


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा मंगलबार सम्पन्न दुईपक्षीय भेटवार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालबाट जानकारी दिए ।

दुई देशका प्रधानमन्त्रीबीच कनेक्टिभिटी, औधोगिक विकास, पूर्वाधार, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्रकोप व्यवस्थापन लगायतका क्षेत्रमा छलफल भएको ढकालले जानकारी दिए ।

त्यसैगरी जनता जनताबीचको सम्बन्ध बढाउने र गरिवी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा पनि कुराकानी भएको ढकालले बताए ।

चीन नेपालबीच भएको समझदारीअनुसार टोखा छहरे सुरुङ मार्ग निर्माणमा चीनले सहयोग गर्ने भएको छ । यद्यपि यो विषय यसअगाडि नै छलफलमा आएको परियोजना हो ।

अरू पनि धेरै समझदारीहरू पुरानै प्रकृतिका छन् । प्रधानमन्त्री ओली चीन जानु अगाडि चर्चामा रहेको पोखरा विमानस्थलको चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्नेबारे के कुराकानी भयो भन्ने खुलेको छैन ।

प्रधानमन्त्री ओली चीन उड्नु अगाडि नेपालमा बेल्ड एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत ऋण लिने या सहयोग मात्र भन्ने विषय विवादमा रहेको थियो ।

नयाँ नौबुदे समझदारी अनुसार अब नेपालले चीनमा भैँसीको मासु निर्यात गर्ने बाटो खुलेको छ ।

यी हुन् सहमतिका ९ बुँदा
१- टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदान-प्रदान
२- नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
३- नौतले वसन्तपुर दरबार पुनः निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान

४- थर्मल्ली प्रोसेस्ड बफेल्लो मिट निर्यातसम्बन्धी प्रोटोकल
५- विकास योजनासम्बन्धी समझदारीपत्र
६- आर्थिक तथा प्रविधिक सहयोगसम्बन्धी समझदारी पत्र
७- नगर सहयोगसम्बन्धी पत्र आदान प्रदान
८- स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारी पत्र

९- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्र

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ०१ बजे

लुम्बिनीविरुद्ध कर्णालीका ओपनर मार्क वाटको अर्धशतक, यसअघि क–कसले प्रहार गरे ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

काठमाडौं– खानेपानी मन्त्रालयले खानेपानी, सरसफाइको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि विभिन्न

लुम्बिनीविरुद्ध चलेन एनपीएल दोस्रो सिजनका सर्वाधिक रनकर्ता कर्णालीका प्रियाङ्कको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार

सत्र करोडमा पक्की पुल निर्माण

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा

एजेन्सी– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि