कुशल र बोपाराको ‘बल’मा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य « Khabarhub

कुशल र बोपाराको ‘बल’मा चितवनले दियो पोखरालाई १६२ रनको लक्ष्य


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिगमा अन्तर्गत जारी खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सले १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो ।

सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किएपछि रवि बोपार र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई उकासे । बोपारले अर्धशतक प्रहार गरे । उनी ३८ बलमा ५१ रन प्रहार गरेर पवेलियन फर्किएका थिए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए ।

चितवनका बोपारले अर्धशतक प्रहार गरे । उनी ३८ बलमा ५१ रन प्रहार गरेर पवेलियन फर्किए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए । त्यस्तै घरेलु ब्याटर कुशल तथा टिमका कप्तान कुशल मल्लले ३८ रन जोडे । २३ बलमा उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए ।

सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किएपछि रवि बोपार र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई उकासे । यी दुई खेलाडी मैदानमा प्रवेश गर्नुअघि चितवन टिम दबाबमा थियो । ४ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै ४६ रनको अवस्थामा थियो ।

चितवनका घरेलु ओपनर दीपक बोहोरा सस्तैमा समेटिए । चार बल खर्चेर २ रन जोडेका उनलाई विपिन खत्रीले बोल्ड गरे । अर्का ओपनर हसन इसाखाइल पनि आजको खेलमा चल्न सकेनन् । १० बलमा १४ रन जोडेका उनलाई विपिनले नै कप्तान कुशल भुर्तेलमाफर्त क्याच आउट गराए ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ३२ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच