रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम « Khabarhub

रिचार्ज कार्ड आपूर्तिमा देखिएको समस्या समाधान भइसक्यो : नेपाल टेलिकम


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरू बजारमा सहज रूपमा उपलब्ध हुन नसकेकोमा हाल उक्त समस्या समाधान भइसकेको टेलिकमले जानकारी दिएको छ ।

पूर्ववत् रिचार्ज कार्डहरू बजारमा उपलब्ध भैसकेको बताउँदै टेलिकमले यसअघि ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको हो ।

रिचार्ज कार्डको सहज रूपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकले कार्डको विकल्पको रूपमा रहेका मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपेलगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको कम्पनीको भनाई छ ।

रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको टेलिकमले स्पष्टीकरण दिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : ०० बजे

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी