काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा एभेन्जर्स सुरुमै संकटमा परेको छ।
पोखराले पहिलो ओभरमै कडा झट्का ब्यहोरेको छ । पहिलो ओभरको ५ बलमै उसले ओपनर र तेस्रो क्रमका ब्याटरलाई गुमाएको छ ।
पोखरका ओपनर एवम् कप्तान कुशल भुर्तेल र तेस्रो क्रमका दीलिपनाथ केबल ४ रनमै पवेलियन फर्किएका छन् ।
पोखरले ओपनर तथा कप्तान कुशल भुर्तेल र अर्का ब्याटर दिलिप नाथलाई गुमाएको हो ।
कुशल पहिलो ओभरको पहिलो बलमै सोहल तनवीरको बलमा रवि बोपरामार्फ क्याच आउट भए ।
कुनै रन नै बनाउन नपाई मैदानबाट कुशल बाहिरिएपछि क्रिजमा दीलिपनाथ आएका थिए । उनी पनि सोहलकै बलको शिकार भए ।
चार बलमा चार रन जोडेका उनलाई सोहलले दीपक बोहोरामार्फत क्याच आउट गराए ।
पोखराका चौथो क्रमका बास डे लिडे पनि खाता नै खोल्न नपाई आउट हुँदा चितवन भने उत्साहित भएको छ ।
प्रतिक्रिया