काठमाडौं– नेपालको रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्राण्डको टायल्स उत्पादन भइरहेको छ । कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन शुरु गरेको हो ।
अहिले कजारिया ब्राण्डका ६००x६०० एमएम, ६००x१२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००x४०० एमएमका हेभी ड्यूटी भिट्रीफाइड टायल्स उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको छ ।
कम्पनीले निकट भविष्यमा ३००x६०० एमएम र ३००x४५० एमएम सिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउने बताएको छ ।
अहिले देशभर १०० भन्दा बढी डिष्ट्रीब्यूटर र डिलरबाट कजारिया टायल्स बिक्री वितरण गरिरहेको छ । कजारिया टाइल्सको भारतबाट आयात गरि बिक्री वितरण गर्ने भन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको कम्पनीको दाबी छ ।
कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले नेपाली बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित रहेको बताउदै भन्छन्, ‘हामी कजारिया टायल्सलाई नेपालमा प्रस्तुत गर्दा धेरै उत्साहित छौँ । नेपाली बजारले हाम्रो उत्पादनसँग असाधारण माया र समर्थन दिएको छ ।
कजारिया टायल्सको माग दिन प्रतिदिन बढिरहेको छ र हामी हाम्रा ग्राहकको आवश्यकता अनुसार उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । नेपालमा हाम्रा उत्पादनको बढ्दो मागले हामी विस्वस्थ छौँ नेपाली बजारमा कजारिया टायल्सको भविष्य उज्ज्वल छ ।’
उनले भनेका छन्, ‘कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालीन टिकाउपनका लागि डिजाइन गरिएको छ । हाम्रो उद्देश्य भनेको नेपाली ग्राहकलाई उत्कृष्ट, किफायती र टिकाउ टायल्स प्रदान गर्नु हो, जसले निर्माणको सबै पक्षमा गुणस्तर र सौन्दर्यलाई जोड दिनेछ । हामी नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाउन प्रतिबद्ध छौँ ।’
प्रतिक्रिया