१७ अंकले बढ्यो नेप्से, कारोबार कति ? | Khabarhub Khabarhub

१७ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ विन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर कारोबार भएको छ ।१४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।

बजार खुल्ला रहँदासम्म ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८८ हजार ७७५ पटक शेयर कारोबार भएको छ । यस्तै ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अपर साइना हाईड्रोपावरको शेयर मूल्यमा भने नकारत्मक सर्किट लागेको छ ।

१३ वटा समूह मध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५ .९६ प्रतिशतले बढेर ५ हजार ३६२. ३४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०. ०६ प्रतिशतले बढेर ६ हजार ८०४. २६ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स १. ३९ प्रतिशतले, हाइड्रोपावर १. ८५ प्रतिशतले, जिवन बीमा १. ५२ प्रतिशते, म्युचुअल फण्ड ०. ३७ प्रतिशतले र अन्य समूह ०. २७ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह १. ७१ प्रतिशतले घटेर ७ हजार १४०. ६४ विन्दुमा पुगेको छ भने विकास बैंक ०. ३७ प्रतिशतले, लगानी ०. ४१ प्रतिशतले, लघुवित्त ०. ३२ प्रतिशतले र निर्जीवन बीमा ०. ५२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : २५ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा