१७ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

१७ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७. ८० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर २७७५.८५ विन्दुमा पुगेको छ ।

आज नेप्से बढ्दा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर कारोबार भएको छ ।१४२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।

बजार खुल्ला रहँदासम्म ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८८ हजार ७७५ पटक शेयर कारोबार भएको छ । यस्तै ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अपर साइना हाईड्रोपावरको शेयर मूल्यमा भने नकारत्मक सर्किट लागेको छ ।

१३ वटा समूह मध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ५ .९६ प्रतिशतले बढेर ५ हजार ३६२. ३४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम उत्पादन तथा प्रशोधन ०. ०६ प्रतिशतले बढेर ६ हजार ८०४. २६ विन्दुमा पुगेको छ ।

त्यस्तै, फाइनान्स १. ३९ प्रतिशतले, हाइड्रोपावर १. ८५ प्रतिशतले, जिवन बीमा १. ५२ प्रतिशते, म्युचुअल फण्ड ०. ३७ प्रतिशतले र अन्य समूह ०. २७ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी होटल तथा पर्यटन समूह १. ७१ प्रतिशतले घटेर ७ हजार १४०. ६४ विन्दुमा पुगेको छ भने विकास बैंक ०. ३७ प्रतिशतले, लगानी ०. ४१ प्रतिशतले, लघुवित्त ०. ३२ प्रतिशतले र निर्जीवन बीमा ०. ५२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको