अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित « Khabarhub

अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको छ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै बनाएको १२४ रनको चुनौती नेपाली टोलीले ४१ ओभर ३ बलमै भेट्टाएर जित पक्का गरेको हो ।

नेपाललाई जिताउने क्रममा नरेन साउदले सर्वाधिक २६ रनको योगदान दिए । त्यसपछि अविजित रहेका कप्तान हेमन्त धामी २२ रनको योगदान दिए । नेपालका अन्य ब्याटरमा अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९,  रोशन विश्वकर्माले ९ रन बनाए ।

नेपाल कुनै समय ८४ रनमा आठ विकेट गुमाएर धरासायी भएको थियो। तर  नेपाललाई हेमन्त र नरेनले सम्हाल्दै जितसम्म डोर्‍याए । दुवैले नवौँ विकेटका लागि ३१ रनको साझेदारी गरेपछि नेपालले जित निकाल्न सक्यो ।

पराजित अफगानिस्तानका लागि अल्लाह गजन्फर र खातिर स्टानिकजाईले समान ३-३ विकेट झार्न सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानलाई नेपालले १२३ रनमा समेटेको थियो । अफगानिस्तानका कप्तान महबुब खानलाई शून्यमा बोल्ड आउट गरेको नेपालले १२३ रनमा रनआउट गरेको थियो ।

अफगानिस्तानका लागि फैसल खानले अर्धशतक बनाएका थिए ।

बलिङमा प्रभाव देखाउन सफल नेपालले अफगानिस्तानलाई ३५.४ ओभरमै १२३ रनमा अलआउट गरेको थियो । नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३ तथा अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट झारे ।

यसअघि एसिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रनले हार भोगेको थियो । उता दोस्रो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजि भएको  थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : २३ बजे

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता