'उपनिर्वाचनमार्फत माओवादीको 'एजेन्डा' र अभियान जनअनुमोदित' | Khabarhub Khabarhub

‘उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित’


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ ।

उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उनले उल्लेख गरे।

अध्यक्ष दाहालले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताएका छन् । उनले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पुर्‍याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष दाहालले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताए ।

अध्यक्ष दाहालले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गरेका छन्। उनले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, आम जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवादज्ञापन गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ४१ बजे

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनःप्रवेश घोषणा गरिसकेकी छन्

काठमाडौंको गर्मी ! (तस्बिरहरू)

 काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी

एमाले बैठक : पूर्वराष्ट्रपति भण्डारीबारे स्पष्ट राजनीतिक निर्णय गर्न सुझाव

काठमाडौं – नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी

विचारका पछि नभई गुटका पछि लाग्दा पार्टी कमजोर बन्छ : नेता आचार्य

गण्डकी– नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका

विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयाम तथा योगदान

लेखसार* : प्रस्तुत लेखमा विश्वेश्वरप्रसाद कोइरालाको विविध साहित्यिक आयामका बारेमा