सन् २०२३ अक्टोबर देखि गाजामा ३४१ जनाको मृत्यु | Khabarhub Khabarhub

सन् २०२३ अक्टोबर देखि गाजामा ३४१ जनाको मृत्यु


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएच) ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा ३४१ जनाका मृत्यु भएको जनाएको छ । आक्रमणले गाजा पट्टीमा प्यालेस्टिनीहरू बारम्बार विस्थापित भइरहेको चेतावनीसमेत दिएको छ ।

राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले प्रेस ब्रीफिङ्मा राहतकर्मीहरूले गाजामा अत्यावश्यक सहायता प्रदान गर्न जीवन जोखिममा पारी इजरायली आक्रमणले वर्ल्ड सेन्ट्रल किचनका तीन जना र सेभ द चिल्ड्रेनका एक जना गरी चार जना मानवतावादी कामदारको ज्यान लिएको बताए ।

गत वर्षको अक्टोबरदेखि मृत्यु भएका सहायता कार्मीहरूको सङ्ख्या बढेर ३४१ पुगेको बताउदै उनले मानवीय साझेदारहरूले स्थानीय खाद्य प्रणाली सैन्य स्थल सञ्चालन, नागरिक क्षेत्रहरूमा आक्रमणले ध्वस्त पारेको उल्लेख गरेका छन् ।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई उद्धृत गर्दै डुजारिकले ५० दिन भन्दा बढी समयदेखि उत्तरी गाजाको बेइट लाहिया, बेइट हानुन र जबल्याका क्षेत्रमा कुनै सहयता नआएको तथा अपवादको रुपमा सोमबार डब्लूएफपीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा मानवीय मिसनको साथ २०० खाना पार्सलहरू बेइत लाहियाको कमल अदवान अस्पतालमा पठाउन सक्षम भएको बताएका छन् ।

घेराबन्दीको कारण भयाभह मानवीय अवस्थाको बीचमा, नागरिकहरूको नरसंहारको साथै आक्रमण सन् २०२३ अक्टोबर देखि गाजामा नरसंहार निरन्तर भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : २० बजे

ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु

भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर बबरमहल क्षेत्र

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका

६७ सामुदायिक वनमा पर्यापर्यटन

गण्डकी – गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले यहाँका

विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिकालाई ५ दिन हिरासतमा राख्न अनुमति

तनहुँ – भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको