सन् २०२३ अक्टोबर देखि गाजामा ३४१ जनाको मृत्यु « Khabarhub

सन् २०२३ अक्टोबर देखि गाजामा ३४१ जनाको मृत्यु


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएच) ले इजरायली आक्रमण सुरु भएदेखि गाजामा ३४१ जनाका मृत्यु भएको जनाएको छ । आक्रमणले गाजा पट्टीमा प्यालेस्टिनीहरू बारम्बार विस्थापित भइरहेको चेतावनीसमेत दिएको छ ।

राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले प्रेस ब्रीफिङ्मा राहतकर्मीहरूले गाजामा अत्यावश्यक सहायता प्रदान गर्न जीवन जोखिममा पारी इजरायली आक्रमणले वर्ल्ड सेन्ट्रल किचनका तीन जना र सेभ द चिल्ड्रेनका एक जना गरी चार जना मानवतावादी कामदारको ज्यान लिएको बताए ।

गत वर्षको अक्टोबरदेखि मृत्यु भएका सहायता कार्मीहरूको सङ्ख्या बढेर ३४१ पुगेको बताउदै उनले मानवीय साझेदारहरूले स्थानीय खाद्य प्रणाली सैन्य स्थल सञ्चालन, नागरिक क्षेत्रहरूमा आक्रमणले ध्वस्त पारेको उल्लेख गरेका छन् ।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई उद्धृत गर्दै डुजारिकले ५० दिन भन्दा बढी समयदेखि उत्तरी गाजाको बेइट लाहिया, बेइट हानुन र जबल्याका क्षेत्रमा कुनै सहयता नआएको तथा अपवादको रुपमा सोमबार डब्लूएफपीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेतृत्वमा मानवीय मिसनको साथ २०० खाना पार्सलहरू बेइत लाहियाको कमल अदवान अस्पतालमा पठाउन सक्षम भएको बताएका छन् ।

घेराबन्दीको कारण भयाभह मानवीय अवस्थाको बीचमा, नागरिकहरूको नरसंहारको साथै आक्रमण सन् २०२३ अक्टोबर देखि गाजामा नरसंहार निरन्तर भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : २० बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको