उपनिर्वाचनमा कांग्रेसलाई धक्का : एक्लै लड्दा गुमायो ८ स्थान | Khabarhub Khabarhub

उपनिर्वाचनमा कांग्रेसलाई धक्का : एक्लै लड्दा गुमायो ८ स्थान


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेसलाई धक्का लागेको छ । उसले उपनिर्वाचनका क्रममा २०७९ को स्थानीय तह निर्वाचनमा जितेका ८ तह गुमाएको छ ।

उपनिर्वाचन भएका ४४ स्थानीय तहमध्ये ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २७ तहमा जित निकालेको थियो । जसमध्ये उसले १९ तहमा मात्रै चित्त बुझाउनु परेको छ ।

उपनिर्वाचन भएका ४४ तहमध्ये गत निर्वाचनमा कांग्रेसले २७, नेकपा एमालेले ७, नेकपा माओवादी केन्द्रले ८, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्रले समान १ तहमा जितेका थिए ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा जितेकामध्ये १५ तह यसपालिको उपनिर्वाचनमा गुमाएको छ । यसअघि जितेका तीन पालिकामा अध्यक्ष र दुई पालिकामा उपाध्यक्ष-उपप्रमुख पद नै कांग्रेसले गुमाएको छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका, दैलेखको महाबु गाउँपालिकाकाे अध्यक्ष, बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका तथा जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख पद गुमाएको छ ।

कांग्रेसले उपनिर्वाचनमा गुमाएका पालिका

१) ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ (वडाध्यक्ष)
२) मोरङको ग्रामथान गाउँपालिका (अध्यक्ष)
३) ओखलढुंगाको मोलुङ गाउँपालिका-५ (वडाध्यक्ष)
४) उदयपुरको त्रियुगा नगरपालिका-१२ (वडाध्यक्ष)
५) उदयपुरको बेलका नगरपालिका-९ (वडाध्यक्ष)
६) सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ (वडाध्यक्ष)
७) सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ (वडाध्यक्ष)
८) धनुषाको धनुषाधाम नगरपालिका-१ (वडाध्यक्ष)
९) नुवाकोटको ककनी गाउँपालिका-२ (वडाध्यक्ष)
१०) काठमाडौंको काठमाडौं महानगर-१६ (वडाध्यक्ष)
११) दोलखाको गौरीशंकर गाउँपालिका (उपाध्यक्ष)
१२) कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ (वडाध्यक्ष)
१३) जाजरकोटको नलगाढ नगरपालिका (उपाध्यक्ष)
१४) दैलेखको महाबु गाउँपालिका (अध्यक्ष)
१५) बाजुराको स्वामिकार्तिक गाउँपालिका (उपाध्यक्ष)

तर, पनि कांग्रेसले उपनिर्वाचनको परिणामलाई सन्तोषजनक तथा उत्साहवर्द्धक संकेतका रूपमा लिएको छ । महामन्त्रीसमेत रहेका उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर परिणामलाई सन्तोषजनक एवम् उत्साहवर्द्धक संकेतका रूपमा लिएको बताएका हुन् ।

उपनिर्वाचनमा व्यक्त भएको जनमतमार्फत् प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्न बाँकी रहे पनि प्रारम्भिक विश्लेषणमा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई कांग्रेसले सन्तोषजनक एवम् उत्साहवर्द्धक संकेतका रूपमा लिएको उनले बताए ।

कीर्तिपुरमा विजयी कृष्णमान डंगोल

उपनिर्वाचनमा कांग्रेसले थपेका पालिका

१) सुनसरीको गढी गाउँपालिका-६ (वडाध्यक्ष)
२) रौतहटको ईशनाथ नगरपालिका-७ (वडाध्यक्ष)
३) काठमाडौंको कीर्तिपुर नगरपालिका-४ (वडाध्यक्ष)
४) मकवानपुरको हेटौंडा उपमहानगर-१२ (वडाध्यक्ष)
५) जाजरकोटको कुसे गाउँपालिका-७ (वडाध्यक्ष)
६) बझाङको सूर्मा गाउँपालिका-४ (वडाध्यक्ष)
७) दार्चुलाको दुहु गाउँपालिका-५ (वडाध्यक्ष)

उपनिर्वाचन भएका ४४ मध्ये १९ वटामा मात्रै जिते पनि ०७९ को गठबन्धनको बलमा जितेभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक रुपमा थोरै भए पनि राजनीतिक, सांगठनिक र गुणात्मक रुपले बढी महत्वपूर्ण भएको कांग्रेसको बुझाई छ ।

‘०७९ मा विजय पाएका केही स्थान हामीले गुमाएका छौँ । त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजयी भएका छौँ । लोकतन्त्रमा शतप्रतिशत जितको अपेक्षालाई राम्रो सोच मान्नि सकिन्न,’ कांग्रेसले भनेको छ, ‘तर, जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी रणनीतिका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ ।’

कांग्रेसले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति मैदानमा देखिए पनि गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने कुरा आमरूपमा परास्त भएको कांग्रेसको ठहर छ ।

‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काममार्फत् विश्वास जगाउन र सामाजिक सञ्जालमार्फत्का भ्रमहरू चिर्न पार्टी पंक्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ,’ महामन्त्री शर्माले भनेका छन् ।

उनले चुनावी दौड सकिएकाले अब सबै तिता-मिठा भुलेर काममा जुट्न पनि आग्रह गरेका छन् ।

काठमाडौं १६ का मतदाता, जुन स्थान पनि कांग्रेसले गुमायो ।

०७९ मा कांग्रेसले जितेका पालिका

१) ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३
२) मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष
३) तेह्रथुमको गालीगुराँस वडाध्यक्ष
४) ओखलढुंगाको जिसस सभापति
५) ओखलढुंगाको मोलुङ गाउँपालिका-५ वडाध्यक्ष
६) उदयपुरको त्रियुगा नगरपालिका-१२ वडाध्यक्ष
७) उदयपुरको बेलका नगरपालिका-९ वडाध्यक्ष
८) सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ वडाध्यक्ष
९) सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ वडाध्यक्ष
१०) धनुषाको धनुषाधाम नगरपालिका-१ वडाध्यक्ष
११) रौतहटको राजपुर नगरपालिका-६ वडाध्यक्ष
१२) नुवाकोटको ककनी गाउँपालिका-२ वडाध्यक्ष
१३) काठमाडौंको काठमाडौं महानगरपालिका-१६ वडाध्यक्ष
१४) काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख
१५) काठमाडौंको कीर्तिपुर नगरपालिका-१ वडाध्यक्ष
१६) दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष
१७) गुल्मीको मुसीकोट नगरपालिका-१ वडाध्यक्ष
१८) कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ वडाध्यक्ष
१९) रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ वडाध्यक्ष
२०) रोल्पाको रुन्टीगढी गाउँपालिका-४ वडाध्यक्ष
२१) बर्दियाको ठाकुरबाबा नगरपालिका-४ वडाध्यक्ष
२२) जाजरकोटको नलगाढ नगरपालिका उपाध्यक्ष
२३) दैलेखको महाबु गाउँपालिका अध्यक्ष
२४) डोटीको पूर्वीचौकी गाउँपालिका-६ वडाध्यक्ष
२५) कैलाली जिल्ला समन्वय समिति, सभापति
२६) कञ्चनपुरको भीमदत्त नगरपालिका-६ वडाध्यक्ष
२७) बाजुराको स्वामिकार्तिक गाउँपालिका- उपाध्यक्ष

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ५१ बजे

पृथ्वीमा जीवको उत्पत्तिको कथा ? अनुसन्धानबाट चकित पार्ने खुलासा

काठमाडौं– पृथ्वीमा जीवनको उत्पत्तिलाई लिएर वैज्ञानिकहरूबीच दशकौँदेखि बहस गरिरहेका छन्

मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह

रौतहट– रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

कञ्चनपुर– अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा

पर्यटन प्रवर्द्धनका लागि भोलिदेखि ‘टुर दि ठाकुरद्वारा’ 

नेपालगञ्ज– बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट सुरु हुन

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटको गृहकार्य सुरु

काठमाडौं– सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा