आँखाका डाक्टरलाई प्रश्न : किन हुन्छ मोतिबिन्दु ? | Khabarhub Khabarhub

आँखाका डाक्टरलाई प्रश्न : किन हुन्छ मोतिबिन्दु ?

६० वर्ष कटेपछि बढी जोखिम, शल्यक्रिया विकल्प छैन


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य बुझाइमा आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि गुम्ने रोगलाई मोतिबिन्दु भनिन्छ। नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतिबिन्दु प्रमुख कारण रहेको चिकित्सकको ठहर छ।

मोतिबिन्दु प्रायः ६० वर्ष उमेर पुगिसकेकालाई हुने गर्छ। तर, बालबालिकामा पनि यसको जोखिम देखिने गरेको छ। मोतिबिन्दु भइसकेपछि अप्रेशन गर्नुको विकल्प छैन।

आखिर मोतिबिन्दु हुनु पछाडिका कारण के–के हुन् ? यो रोगबाट जोगिने उपाय वा उपचार विधि के छ ? यी र यस्तै विषयमा आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेलसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानी :

मोतिबिन्दुको भनेको के हो ?
हाम्रो आँखाभित्र एउटा पारदर्शी लेन्स हुन्छ। त्यो लेन्सबाट लाइटभित्र सजिलै जान्छ। त्यो लेन्स धमिलो भयो भने त्यहाँबाट प्रकाश भित्र जाँदैन। फलस्वरुप हाम्रो दृष्टि विस्तारै कम हुँदै जान्छ। त्यस्तो अवस्थालाई मोतिबिन्दु भनिन्छ।

हाम्रो आँखाभित्र एउटा पारदर्शी लेन्स हुन्छ। त्यो लेन्सबाट प्रकाश सजिलै भित्र जान्छ । त्यो लेन्स धमिलो भयो भने प्रकाश भित्र जाँदैन। फलस्वरुप हाम्रो दृष्टि कम हुँदै जान्छ। त्यस्तो अवस्थालाई मोतिबिन्दु भनिन्छ।

कुन उमेरमा हुन्छ मोतिबिन्दु ?
धेरैजसो ६० वर्ष माथिका व्यक्तिमा बढी जोखिम हुन्छ। तर, नवजात शिशुदेखि जुनसुकै उमेर समूहमा पनि मोतिबिन्दु देखिन सक्छ।

मोतिबिन्दुका लक्षण के-के हुन् ?
बच्चामा देखियो भने उनीहरुले भन्न सक्दैनन्। उनीहरुको क्रियाकलापबाट अभिभावकले मोतिबिन्दु भएको हो कि भनेर शंका गर्ने र तत्काल उपचारमा लाग्नुपर्छ। अलि बृद्ध उमेर हो र आँखा धमिलो देखियो, टाढा वा नजिक भनेर छुट्याउन कठिन भएमा तुरुन्तै उपचार गर्नु राम्रो हुन्छ।

मोतिबिन्दु लाग्नुको कारण के-के हुन सक्छ ?
बच्चामा लाग्ने मोतिबिन्दुमा बच्चा पेटमा हुँदा एक्सरे गर्ने, एन्टीबायोटिक औषधिहरु खाने, चोटपटक लाग्ने, आमालाई कुपोषण जस्ता समस्या तथा वंशाणुगत गुणका कारण पनि हुने गर्दछ।

उमेर बढ्दै जाँदा आँखामा चोटपटक लाग्दा र आँखामा अरु नै कुनै समस्या छ भने पनि मोतिबिन्दु हुने सम्भावना धेरै हुन्छ। त्यस्तै, सुगरका बिरामीमा मोतिबिन्दु धेरै हुने गरेको छ।

मोतिबिन्दु औषधि खाएर निको हुँदैन ?
चस्मा लगाएर केही समय रोकथाम गर्न सकिन्छ। तर औषधि खाएर मोतिबिन्दु जाँदैन। ढिलो चाँडो यसको विकल्प भनेको अप्रेसन नै हो।

उमेर बढ्दै जाँदा आँखामा चोटपटक लाग्दा र आँखामा अरु नै कुनै समस्या छ भने पनि मोतिबिन्दु हुने सम्भावना धेरै हुन्छ। सुगरका बिरामीमा मोतिबिन्दु धेरै हुने गरेको छ।

नेपालमा मोतिबिन्दुका बिरामीको संख्या कस्तो छ ?
पछिल्लो समय मोतिबिन्दुको समस्या धेरै छ। दृष्टिदोषको प्रमुख कारण भनेकै मोतिबिन्दु बनेको छ।

मोतिबिन्दु महिलामा बढी देखिने हो ?
महिलाहरुमा बढी देखिनु भन्दा पनि आँखामा अलिकति समस्या आउनेबित्तिकै पुरुषहरु चाँडै अस्पताल आउँछन् र उपचार छिटो हुन्छ। ग्रामीण भेगका महिला, जसको पहुँच स्वास्थ्य संस्थासम्म हुँदैन। आँखाको दृष्टि पूर्णरुपमा नगएसम्म उपचारमा जाने चेतनासम्म उनीहरुमा छैन।

यसबाट बच्न के गर्ने ?
मोतिबिन्दुबाट बच्न गर्भावस्थामै महिलाले विशेष ध्यान दिनुपर्छ। एण्टिबायोटिक औषधि नखाने, चोटपटक लाग्नबाट बच्ने, पोषिलो खानेकुरा खाने, आनुवांशिक लक्षण छ भने जन्मिनेबित्तिकै बच्चाहरुको आँखा परीक्षण गर्नुपर्छ। वयस्क मानिसको हकमा पनि आँखामा चोटपटक लाग्नबाट बच्न, हरियो सागपात, बेला–बेलामा आँखाको परीक्षण गराउने गर्यौं भने मोतिबिन्दुबाट केही हदसम्म बच्न सकिन्छ।

मोतिबिन्दु अप्रेसनपछि आँखाको हेरचाह कसरी गर्ने ?
पहिले पहिले त अप्रेसनपछि केही दिन अस्पतालमै राखिन्थ्यो। तर, अहिले केही समयमै डिस्चार्ज गरिन्छ। आँखामा चोटपटक लाग्नबाट बचाउनुपर्छ, धुवाँ धुलोबाट जोगाउने, नियमितरुपमा औषधि राख्ने, बेला–बेलामा आँखा जाँच गराउनुपर्छ।

मोतिबिन्दुबाट बच्न गर्भावस्थामै विशेष ध्यान दिनुपर्छ। एण्टिबायोटिक नखाने, चोटपटक लाग्नबाट बच्ने, पोषिलो खानेकुरा खाने  र आनुवांशिक लक्षण छ भने जन्मिनेबित्तिकै बच्चाको आँखा परीक्षण गर्नुपर्छ।

मोतिबिन्दुका बिरामीको अप्रेसनका लागि सरकारबाट सहुलियतको व्यवस्था के छ ?
नियमित सेवाबाहेक सामुदायिक आँखा कार्यक्रम मार्फत विशेषज्ञ टोलीसहित ग्रामीण क्षेत्रमा गएर मोतिबिन्दुका बिरामीको निःशुल्क अप्रेसन गर्ने गरिएको छ। अस्पतालमा आउने बिरामीको पनि न्यून शुल्कमा उपचार गर्ने गरिएको छ।

यो सेवा कत्तिको प्रभावकारी भइरहेको छ ?
अस्पतालको पहुँचमा पुग्न नसकेका गरिब, उपेक्षित समुदाय तथा विशेष गरेर महिलाका लागि एकदमै प्रभावकारी भइरहेको छ।

आँखा उपचारमा सरकारले दिएको सुविधा पर्याप्त छ ?
जुन–जुन ठाउँमा स्वास्थ्य बीमा छ, त्यहाँ अप्रेसनको रकम बीमाले पर्याप्त हुन्छ। त्यसैले सबै आँखा अस्पताल तथा आँखा केन्द्रमा बीमा नीति लागू गर्यो भने सम्बन्धित बिरामीलाई अप्रेशन निःशुल्क हुने थियो। यसतर्फ राज्यको दृष्टि जानु जरुरी छ।

अन्त्यमा यहाँको सुझाव ?
कुनै पनि उमेर समूहका मानिसमा आँखा धमिलो हुने समस्या देखियो भने ढिलो नगरी नजिकैको आँखा अस्पतालमा गएर आँखा जाँच गराउनु राम्रो हुन्छ। आँखामा केही समस्या देखियो भने डाक्टरको सल्लाहबिना जथाभावी औषधिको प्रयोग नगर्नुहोला। सामान्य उपचारमा निको हुने रोग सानो लापरवाहीले भयावह बन्ने भएकाले समयमै ध्यान पुर्याउनु राम्रो हुन्छ।

आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेलसँगको कुराकानी :

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : ०० बजे

परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत

अर्थसंक्षेप : सहकारीपीडितको बचत फिर्ता गर्ने प्रधानमन्त्रीको वाचा, कैलालीका तीन सय उद्योग बन्द

काठमाडौं – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई

साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन

काठमाडौं– साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप

काठमाडौँ– पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप देखिएको छ । बलोचिस्तानको दिर

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको