एमालेसँग मिल्दा कोशीमा रोइलो गर्नेहरू राष्ट्रियसभामा मिल्न थाले : शेखर कोइराला « Khabarhub

एमालेसँग मिल्दा कोशीमा रोइलो गर्नेहरू राष्ट्रियसभामा मिल्न थाले : शेखर कोइराला


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा रोइलो गर्नेहरू आज राष्ट्रियसभा निर्वाचनमा  मिल्न थालेको टिप्पणी गरेका छन ।

राष्ट्रियसभा निर्वाचनबारे छलफलका लागि शीर्ष नेताहरूबीच भेटघाट भइरहेका बेला उनले हिजो केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर भन्नेहरु आज आफ्नो स्वार्थको लागि एमालेसंग मिल्न थालेको बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यो श्रृंखलाले एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको दाबी गरे ।

 उनले भने, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस् ? यदि यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ? ।’

उनले संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण रहेको समेत औँल्याए । 

उनले टीआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने बताए ।

त्यस्तै निर्देशनात्मक आदेश र मानव अधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउनपर्ने कुरामा उनको जोड छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  १ : ४४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम