गठबन्धनमा एमाले तरंग : ओलीको मागमा 'हेर र पर्ख'को रणनीति | Khabarhub Khabarhub

गठबन्धनमा एमाले तरंग : ओलीको मागमा ‘हेर र पर्ख’को रणनीति



काठमाडौं – नेकपा एमालेले राष्ट्रियसभामा ६ सिट मागेपछि गठबन्धन दलहरूमा विभिन्न कोणबारे छलफल भएको छ । तर छलफलमा सबैले एमालेको चरित्र र विश्वासको वातावरणमाथि प्रश्न उठाएका छन् ।  

बैठकमा उपस्थित एक नेताले भने, ‘विश्वासको वातावरण बनाउने कुरा हो । समितिको बैठकमा एमाले कसरी प्रस्तुत हुन्छ व्यवहार हेरौँ । सकारात्मक प्रस्तुति भए मिलेर जानुपर्छ होला ।’ 

माघ ११ गते हुने राष्ट्रियसभा  निर्वाचनमा एमालेको ९ सिट गुम्ने भएपछि एमाले संकटमा छ । विभिन्न पहल गरेर गठबन्धन फुटाउन नसकेपछि एमालेले भाग खोजेको गठबन्धन घटक एक दलका नेताले बताए । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एमालेको यो आफू निर्वाचनमा सिट मात्र बचाउने खेल भएको भन्दै यसमा आफ्नो पार्टीले विश्वास र त्यसको आधिकारिकता बारे प्रश्न उठाएको बताए । 

बुधबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले २० मध्ये ६ सिट मागेको विषयमा चर्चा भएको थियो । त्यसमा नेताहरू पक्ष विपक्षमा बाँडिएका थिए ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई मिलाएर लाने विषयमा विश्वासको वातावरण नभएको बताएका थिए । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीको चाल चलन र समितिका बैठकमा हुने व्यवहार हेरेर मात्र सिट विषयमा पुनः सल्लाह गर्ने स्पष्ट पारेका थिए ।

माधव नेपालले बैठकमा भनेका थिए, ‘पहिले पनि ओलीले २ वटा संसदीय समितिमा टीआरसीलाई बैना राखेर सभापति लिएको यहाँहरूलाई थाहा नै छ । पुनः उनी राष्ट्रियसभा निर्वाचनलाई देखाएर खान खोज्दै छन् । उनी खान पल्किएका हुन । यसो हुँदा हामी गठबन्धन दरिलो हुनुपर्छ ।’ 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘उहाँको चरित्र र समिति बैठकमा कस्तो प्रस्तुति हुन्छ हेरौँ । यदि निर्वाचन अगाडि नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गिने भए केही सिट दिनु पर्ला ।’ 

सभापति देउवाले पनि यसमा थप बोलेका थिए । उनले ६ टीआरसी विधेयक टुङ्गाउने भए मिलेर जान सकिने तर ६ सिट बटमलाइनका विषयमा भने छलफल हुने बताएका थिए । उनले भनेका थिए, ‘मेरो त ठूलो पार्टी साथीहरूलाई पनि सोध्नु पर्छ । ओलीको चरित्र अलिक फरक छ । पहिला टीआरसी नटुङ्ग्याए सम्म मिलेर जानेमा सोच्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य चुनावको मुखमा गठबन्धनप्रति एमालेको लचिलो व्यवहारका विषयमा सत्तारुढ गठबन्धनका दलहरू सशंकित देखिएका छन । यद्यपि जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव भने एमालेलाई मिलाएर लान सकारात्मक देखिएका छन् । यसका लागि दुवै तर्फ विश्वासको वातावरण बनाउनुपर्ने उनको राय रहेको छ । उनले काम पर्दा मात्र सम्झने ठूला दलको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका थिए ।

कांग्रेस र माओवादी नेतृत्व एमालेप्रति नरम भएको छनक पाएपछि नेकपा एकीकृत समाजवादीका नेताहरूले  मिलुन्जेल सबै विषय ठूला दलले टुंग्याउने, नमिलेपछि अनेक सर्त राख्ने चलन बढेको भन्दै बरु माथिल्लो सदनमा देशका लागि योगदान गरेका साझा व्यक्तित्वहरुको चयन गर्न आग्रह गरेका थिए । 

आजै संसदीय समिति अन्तर्गतको कानुन समितिको बैठक बस्दैछ । त्यहाँ टीआरसी विधेयक टुङ्गयाउने सहमति बनेको अवस्थामा  एमालेलाई सिट दिन सकिने गठबन्धनको अर्को नेताको भनाइ छ । ती नेताले भने, ‘हेरौँ न के हुन्छ । ओलीजीलाई  त्यतिक्कै दुई हातमा लड्डु दिन त हामी कहाँ तयार छौँ र ।’

यो पनि…

निर्वाचन अगावै टीआरसी विधेयक टुंग्याए एमालेले राष्ट्रियसभामा ६ सिट पाउने

राष्ट्रियसभा चुनाव : एमालेको कसरतले फेर्ला त गठबन्धनको कोर्स ?

राष्ट्रियसभाका १९ सिट गठबन्धनलाई गलपासो

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १ : ५३ बजे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक

महानगरको सिप मेला-१९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

काठमाडौं–  ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९