भारतसँगको विद्युत सम्झौता नेपालको सिञ्चित पानीमाथिको असर- नागरिक अगुवा « Khabarhub

भारतसँगको विद्युत सम्झौता नेपालको सिञ्चित पानीमाथिको असर- नागरिक अगुवा


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँग विद्युत ब्यापार सम्झौता नगर्न माग गर्दै नागरिक अगुवाहरूले अपील जारी गरेका छन । भारतीय विदेशमन्त्री एस.जयशङ्करको नेपाल भ्रमणका क्रममा विभिन्न सम्झौता गर्न लागेको भन्दै उनीहरूको आपत्ति छ ।

भारतसँग समस्याग्रस्त सम्झौता नगर्न नागरिक अपील गर्दै उनीहरूले यसबाट देशको स्वतन्त्र, सार्वभौम तथा स्वविवेकीय स्थिति कमजोर हुने उल्लेख गरेका छन् ।

 भारतीय दूतावासले नेपालको सरकारी बजेट भन्दा बाहिर रही २० करोड सम्मको अनुदान सिधै मुलुक भरी खर्च गर्न पाउने सम्झौता गर्दा नेपाली राजनीतिलाई प्रत्यक्ष प्रभावित पार्ने भन्दै यसले नेपालको संविधान तथा संघीय वैदेशिक सहयोग परिचालन सम्बन्धी नीतिको समेत बर्खिलाफ गरेको उनीहरूको भनाई छ ।

 यस्तै, भारतीय सेनामा भर्ती हुन नयाँ ‘अग्निपथ’ प्रक्रियामा नेपाललाई समेत संलग्न गराइने सार्वजनिक भएको भन्दै यसले नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताको उल्लंघन भएको बताइएको छ । त्यस्तै १० हजार मेगावट जलविद्युत सम्झौताले नेपालको स्वामित्वको सिञ्चित पानीमाथि असर गर्ने भन्दै उनीहरूले आपत्ति जनाएका छन् । 

नागरिक अपील जारी गर्नेमा सूर्यनाथ उपाध्याय, डा.रेणु अधिकारी, हिरा विश्वकर्मा, कनकमणि दीक्षित तथा सुशील प्याकुरेल रहेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ०९ बजे

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा