काठमाडौँ– आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले बिहीबार विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा.दाहालाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् ।
स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधि बाहेक पीडादायक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको र डा दाहाललाई निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि प्रष्टिकरणको अवसर समेत नदिइएकोप्रति भन्दै संघको आपत्ति छ विज्ञप्तिमा भनिएको छ ।
संघले डा दाहालको निलम्बन अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकमाथि नै लक्षित गर्दै गरिएको घटना भएको भन्दै सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया