अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक | Khabarhub Khabarhub

अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लमजुङ– अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । 

यस केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङका अनुसार फ्रान्सका दुई हजार पाँच सय ३३ पर्यटक आएका थिए । सन् २०२३ मा १२२ देशका नागरिक यस पदमार्गमा आएको उनको भनाइ छ । त्यस्तै फ्रान्सपछि इजरायल, जर्मनी, बेलायत, अमेरिकाका नागरिक बढी यस पदमार्गमा आएका थिए । 

त्यस्तै सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक आएका थिए । सोमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । सन् २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ बढी विदेशी पर्यटक आएका छन् ।

सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक भएको बताइएको छ । यस केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ बढी पर्यटक आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए । 

सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएको थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका– ७ मनाङ्गे चौतारो रहेको छ । यो पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । 

पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट मुस्ताङ, पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । मनाङमा रहेका हिमाल चढ्न तथा हेर्नका लागि पनि पर्यटक आउने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : ०३ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार