अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक « Khabarhub

अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लमजुङ– अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । 

यस केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङका अनुसार फ्रान्सका दुई हजार पाँच सय ३३ पर्यटक आएका थिए । सन् २०२३ मा १२२ देशका नागरिक यस पदमार्गमा आएको उनको भनाइ छ । त्यस्तै फ्रान्सपछि इजरायल, जर्मनी, बेलायत, अमेरिकाका नागरिक बढी यस पदमार्गमा आएका थिए । 

त्यस्तै सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक आएका थिए । सोमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । सन् २०२२ यसको तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ बढी विदेशी पर्यटक आएका छन् ।

सन् २०२२ मा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक भएको बताइएको छ । यस केन्द्रका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ बढी पर्यटक आएका थिए । सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ महिला गरी दुई हजार दुई सय ७३ पर्यटक आएका थिए । 

सन् २०२० मा एक हजार नौ सय ७६ पर्यटक आएको थिए । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए ।

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका– ७ मनाङ्गे चौतारो रहेको छ । यो पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । 

पर्यटक हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट मुस्ताङ, पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । मनाङमा रहेका हिमाल चढ्न तथा हेर्नका लागि पनि पर्यटक आउने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : ०३ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ।

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप