चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह « Khabarhub

चिया अनुसन्धान केन्द्र निर्माणले किसानमा उत्साह


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको सूर्योदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  ।

चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स-साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए  ।

चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उनको भनाइ छ । नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

चियामा लागि उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ । इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ  । 

नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन् । नगरपालिकामा अन्य पनि ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन् । 

नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । फिक्कलमा रु १३ करोड लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले रु ४४ करोड लगानीको भालुखोपबाट वडा नं १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिए। 

 नौ करोड लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ । रु १२ करोड लगानीमा स्वीस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ५ : १९ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको