पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त | Khabarhub Khabarhub

पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनद्वारा शोक व्यक्त


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पाकिस्तानका पूर्व विदेशमन्त्रीको निधनप्रति चीनले शोक व्यक्त  गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री सरताज अजिजको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चीन-पाकिस्तान सम्बन्धमा उनको उल्लेखनीय योगदानको प्रशंसा गरेका छन् ।

पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार समेत रहनु भएका अजिजको मङ्गलबार इस्लामावादमा निधन भएको थियो।

प्रवक्ता वाङले अजिजले पाकिस्तानको समृद्धिप्रति समर्पित रहेको, चीन-पाकिस्तान सम्बन्धलाई प्रवर्द्धन गर्न कडा मिहिनेत र जोशका साथ काम गरेको र चीनको लागि उत्कृष्ट योगदान दिएको बताएका छन्।

पाकिस्तान मैत्री सहयोग, विशेष गरी चीन-पाकिस्तान आर्थिक करिडोरको सुरुवात र निर्माणका निम्ति पनि उनको उल्लेख्य योगदान रहेको छ ।   

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’