डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

डडेल्धुराबाट लागूऔषधसहित दुई जना पक्राउ


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका–३ का २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय अशोक स्वाँर रहेका छन्।

अमरगढी नगरपालिका–१ स्याउलेबाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले जिल्ला अदालत डडेल्धुराबाट म्यादथप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ८ : ३१ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको