‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा | Khabarhub Khabarhub

‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छन् ।

उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।

स्वस्तिमाले आज सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् । फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी गराएकी छिन् । फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ । पछिल्लो समय दुवैले ‘दिमाग खराब’मा काम गरेका थिए ।

फिल्मका लागि विजय बराल फाइनल भइसकेको जानकारी गराइएको छ । बाँकी कलाकार भने केही समयमा सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ फागुनबाट गर्ने तयारी निर्माण टिमको छ । स्वस्तिमाले ‘चपली हाइट ३’ मुनाफाको साझेदारको रुपमा काम गरेकी थिइन् ।

कोभिड महामारीको समयमा बारम्बार रिलिज भएको चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । फिल्म निर्देशनमा डेब्यु गर्न लागेका आकाश बरालले ‘दिमाग खराब’ ‘बिहे पास’ आदि फिल्म लेखेका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : २९ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा