चिनी कति मात्रामा खाने ? « Khabarhub

चिनी कति मात्रामा खाने ?


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनी हामी सबैलाई मन पर्छ । चिनीबाट बनेका हरेक परिकार बालकदेखि बृद्वसम्मलाई मनपर्छ ।

तर चिनी सहीरुपमा मात्रा मिलाएर खाइएन भने स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ।

नयाँदिल्ली सफदरजंग अस्पतालका सिनियर रेजिडेन्ट डाक्टर दीपक सुमन चिनी त्याग्दा धेरै फाइदा हुने बताउँछन् । यसले तौल नियन्त्रण गर्नुका साथै मेटाबोलिजमलाई पनि सुधार गर्छ।

चिनी त्याग्दा दाँतको स्वास्थ्य राम्रो रहन्छ र मिठाईका कारण लाग्ने रोगबाट बच्न सकिन्छ, यद्यपि चिकित्सकहरू भने चिनीको सेवन लामो समयसम्म बन्द गर्न नहुने बताउँछन् ।

त्यसैले चिनीको सेवन सिमित मात्रामा मात्र गर्नु राम्रो हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । चिनीको प्रयोग कम गर्दा स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ, त्यसैले यसलाई मात्रा मिलाएर सेवन गर्नुपर्छ जुन शरीरको संरचना र उमेर अनुसार फाइदाजनक हुन्छ।

चिनीमा भएको कार्बोहाइड्रेट शरीरमा जम्मा हुन्छ । अनि शरीरमा खराब कोलेस्ट्रोल बढाउने, रगतमा ग्लुकोज बढाउने गर्छ । चिनी तथा गुलियो खानेकुरा खाँदा हाम्रो मस्तिष्कले खुसी हुने हर्मन उत्पादन गर्छ ।गुलियो धेरै खाँदा मोटोपन, मधुमेह र कोलेस्ट्रोलको समस्या निम्तिन सक्छ ।

हामी दैनिक कति चिनीजन्य खानेकुरा खाइरहेका हुन्छौँ ?
एक चम्चा चिनीमा करिब १५ ग्राम कार्बोहाइड्रेट र ६० क्यालोरी हुन्छ । त्यसैले कुनै व्यक्तिले दिनमा दुई कप चिया खान्छन् भने १२० क्यालोरी प्राप्त गर्छ । शरीरलाई दैनिक १६ सयदेखि १८ सय क्यालोरी चाहिन्छ ।

जुन हामीले दैनिक खाने भात, आलु र फलफूलबाट प्राप्त गरिरहेका हुन्छौँ । हामीले कार्बोहाइड्रेट अन्य स्रोत बाहेक सामान्यतया पनि दैनिक १० देखि १५ ग्राम चिनीजन्य खानेकुरा सेवन गरिरहेका हुन्छौँ । यसको अर्थ हामीले शरीरलाई चाहिने भन्दा धेरै कार्बोहाइड्रेट सेवन गरिरहेका छौँ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्