अन्तर्राष्ट्रिय

अमेरिकी हमलामा १६ इराकी नागरिकको मृत्यु

By खबरहब

February 04, 2024

वासिङ्गटन डिसी– अमेरिकाले गरेको हवाई आक्रमणमा १६ जना इराकी नागरिक मारिएका छन् ।

इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण भएको भन्दै निन्दा गरेको छ । यस्तै, थप आक्रमण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ।

सरकारी प्रवक्ताले  नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए ।

गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार रातीदेखि सिरिया र इराकका ८५ वटा केन्द्रमा आक्रमण गरेको थियो ।

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिसिया छाता समूहलाई दोष लगाएको थियो।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिसिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ ।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपलाई निराधार भनेको छ ।