कतार एसियन कपको सेमिफाइनलमा « Khabarhub

कतार एसियन कपको सेमिफाइनलमा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयोजक कतार एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो।

यस अघि ९० मिनेटको निर्धारित समयमा दुवै देशले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।  ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरमा (पेनाल्टी सुटआउट)बाट भएको थियो।

अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ।

यो खेलसँगै अब एसियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र दक्षिण कोरिया पुगेका छन् ।

अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ०५ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट