ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति « Khabarhub

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ ।

गलकोट नगरपालिका–२ को नरेठाँटीबाट– ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तरोन्नति गर्न थालिएको हो ।

मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तरोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तरोन्नति तीव्रगतिमा हुन थालेको हो ।

तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख र स्थानीयले उठाएर ३५ लाख गरी ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।

लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद–बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८–७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक बन्दै गएको उनको भनाइ छ ।

हालसम्म प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा ३० लाखमात्रै खर्च भएको नगरप्रमुख गैरेले बताए ।

गतवर्षको सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरिरहेको उनको भनाइ छ । सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुने गैरेले बताए । नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनको भनाइ छ ।

नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसेरेनरी वाल, ग्याबिन निर्माण र सडक फराकिलो बनाउने काम भइरहेको बताउ । सडक निर्माणका लागि थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मङ्सिरमा जिम्मा लिएको उनको भनाइ छ ।

असार मसान्तसम्म सक्नेगरी सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्नेगरी काम गरेको इन्जिनियर दाहालले बताए । निर्माण कम्पनीले ४६ लाखमा सडक स्तरोन्नतिको जिम्मा लिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ०१ बजे

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने

वाशिङ्टन- युरोपेली संघसँग विवाद बढ्दै गइरहेका बेलाा अमेरिकाले जर्मनीबाट आफ्ना

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै युवाहरू (तस्बिरहरू) 

काठमाडौं– सरकारले अहिले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी