एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट « Khabarhub

एमाले धादिङ अधिवेशन स्थगित, बन्दसत्रमा कार्यकर्ताबीच कुटाकुट


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो ।

बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन् ।

बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ ।’

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको बताइएको छ ।

जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १० : ५४ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका