कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन « Khabarhub

कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका छन् ।

महासमितिको बैठक तयारी मूल समितिका संयोजक समेत रहेका देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य,  भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका छन् ।

यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा ललितपुरका जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको पार्टी कार्यालयले जनाएको छ ।

महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमिति संयोजकको जिम्मेवारी तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ०३ बजे

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, ओझाको निवेदन हेर्न नमिल्नेमा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर