नामिबियाका राष्ट्रपति जिन्गोबको निधन « Khabarhub

नामिबियाका राष्ट्रपति जिन्गोबको निधन


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नामिबियाका राष्ट्रपति हागे जी. जिन्गोबको निधन भएको छ । राष्ट्रपति गिन्गोबको आइतबार बिहान राजधानी वाइन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ८२ वर्षीय राष्ट्रपति गिन्बोब क्यन्सर रोगबाट पीडित थिए ।

‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछौँ– प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपतिको आज आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाली जनताको घरको स्तम्भ गुमाएको छ ।’

शनिबारमात्रै उपराष्ट्रपति नान्गोलो म्बुम्बाले राजधानी शहर वाइन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थीर अवस्थामा रहेको जनाकारी गराएका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ३८ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट